४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ । यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ । […]