नयाँ दिल्ली । हाल भारतका पाँच राज्य उत्तरप्रदेश, पन्जाब, उत्तराखण्ड, मनिपुर र गोवामा विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय समयानुसार बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो ।
सार्वजनिक गरिएको सुरुवाती नतिजाअनुसार उत्तर प्रदेश, उत्तराखण्ड र मनिपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी स्पष्ट रूपमा विजयी हुने देखिएको छ...