काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् ।
भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षाैँसम्म सँगै लडेका साथीलाई दिनुसम्म पीडा दिएको गुनासो गर्नुभयो । ‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने षड्यन्त्र गर्नुभएको छ । आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको होला ...