काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो आज लगाउने भएको छ।आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्ने भएको हो। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्।आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ। विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो।इजलासमा प्रमुख निर्व