काठमाण्डाै - सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा टेबल भएको एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । यो सम्झौताको सम्बन्धमा उठेका शङ्काहरुको निवारण गर्दै पारित गर्न लागिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अङ्ग नभइ सम्झौतामा नेपालको संविधान नै सर्वोपरि हुने तथा विशु...