महेन्द्र राजमार्ग निमार्णमा चिनियाँ ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयहरूले ठेकेदारविरुद्ध राजमार्गमा प्रर्दशन गरेका छन् । सोमबार गैंडाकोटस्थित हर्कपुर चोकमा राजमार्ग अवरुद्ध गरेर प्लेकार्डसहित स्थानीयहरूले निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारविरुद्ध नाराबाजी गरेका हुन् । स्थानीयले एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए ।