बाँके : भेरी अस्पताल विकास समितिले प्रहरी अनुसन्धान सम्पन्न नभएसम्म कोरोना संक्रमितको उपचारमा अतिआवश्यक ‘रेमडिसिभिर’ कुनै पनि बिरामीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।आज (बुधबार) दिउँसो साढे ३ बजे जिल्ला प्रहरी कार्यालय बाँकेको एक अनुसन्धान टोली आएर अस्पतालको फार्मेसीमा मौज्दात रेमडिसिभिरको मुचुल्का उठाएर माथिको आदेश भनेर बेच्न रोक लगाएको अस्पताल विकास समितिले एक विज्ञप्ति जारी गरेर जनाएको छ।यसअघि अस्पतालको आइसोलेसन वार्डमै चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको र प्र