छोराले चलाएको अटो दुर्घटनामा परी आमाको मृत्यु, बुबा र भाइ घाइते

शनिबार वीरेन्द्रनगरमा आफ्नै छोरोले चलाएको अटो दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनीको लयाँटी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ बस्दै आएकी ४४ वर्षीया जुँवारा शाही रहेकी छन् । दुर्घटनामा परी घाइते भएकी उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँका मृत्यु भएको हो ।उनी सवार अटो उनका २४ वर्षीय छोरा रमेश शाहीले चलाउँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अटो वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिक कर्णाली राजमार्गमा अ

सम्बन्धित सामग्री

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने …

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आउनुभएको थियो । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।”

शोकमा शारीरिक कष्ट महिलाले मात्रै सहनुपर्ने किन ?

काठमाडौं । दुई वर्षअघि मेरी साथीकी ७० वर्षीया आमाको मृत्यु हुँदा सान्त्वना दिन गएकी थिएँ । साथीका ७५ वर्षीय बुबा दुःख मानेर बसिरहेका थिए । जाडोका बेला भएकाले उनलाई चिसो नलागोस् ...