एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । मिति आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई बढुवा गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशनमा भएको व्यवस्था बमोजिम आगामी साउन १ देखि लागू हुनेगरी उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ