तनहुँ र बाराका सिडिओ फेरिए

काठमाडौँ । तनहुँ र बाराका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले विपद् प्राधिकरणका सहसचिव विश्व प्रकाश अर्याललाई तनहुँ र झुम्का कारागारका प्रमुख(उपसचिव) कृष्णबहादुर कटुवाललाई बाराको प्रजिअ बनाई पठाएको छ । यससँगै बाराका सुरेन्द्र पौडेल र तनहुँका सागर आचार्यलाई गृह मन्त्रालय आएका छन् ।