काठमाण्डाै – १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।
खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ ।...