झन्डै आधा अर्बले घट्यो ग्यास आयात

भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो । बजारमा ग्यासको खपत कम हुँदा आयातमा समेत कमी भएको हो ।

सम्बन्धित सामग्री

आधा घट्यो इन्धन आयात

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा क