नेष्डो समृद्द लघुवित्तको आईपिओमा पहिलो दिन नै १० गुणा बढीको आवेदन

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओमा आज पहिलो दिन माग भन्दा १० गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा आज साँझ ५:३० बजेसम्ममा ६ लाख ७५ हजार ७ सय ६९ जना आवेदकले ८० लाख २७ हजार ३ सय ४० कित्ता शेयरको लागि आवेदन दिएका हुन् ।  यो माग गरिए भन्दा १०.३६ गुणा बढी हो ।  कम्पनीले आज फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार

सम्बन्धित सामग्री

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो

कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।    यसैगरी, […] The post सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ […]

मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ । गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ। नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेसन म्यानेजर उज्ज्वल शेरचनले बताए। आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ।   दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप […]

अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद्...

मतदानको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

सार्वजनिक बिदाले स्थानीय तह निर्वाचन हुने दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो ।बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् […]

भारतमा कोरोनाभाइरसका संक्रमित सङ्ख्या दिन प्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२  संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो । पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए । पूर्व म...

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।...

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।...