पूर्वाधार विकासमा अब्बल बन्दै जाजरकोट अस्पताल

सुर्खेत : तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दर्शकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।...