राप्रपासँगको पार्टी एकतामा ‘विवेकशील साझा’ को नाम दुरुपयोग नगर्न मिश्रलाई चेतावनी

काठमाडौं : विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति सो पार्टीले गम्भीर विमति जनाएको छ।सो पार्टीका प्रवक्ता हरिशप्रसाद भट्टले शुक्रवार विज्ञप्ति जारी गर्दै  ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न मिश्रलाई सचेत गराएका छन्।विज्ञप्तिमा पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरित धारमा उभिन बाध्