नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुन नेकपा आधिकारिक भन्ने टुंगो लागेको दाबी गरेका छन् । पार्टीले काठमाडौंको नारायणहिटी दरबार संग्राहलय अगाडी आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले जनसभामा सहभागीको भिड देखाउँदै आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरे ।