काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपा एमाले प्रवेश गरेका भनिएको अमृतराज वैद्य पार्टीको सदस्य समेत नभएको प्रष्ट पारेका छन्।
आइतबार ‘विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एमालेमा प्रवेश’ गरेको भनेर आएको समाचार सत्य नभएको भन्दै वैद्य सदस्य समेत नभएको बताएका हुन्।