मुरलीधर मिझार नेपाली कलाक्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । व्यक्ति एक भए पनि उनी प्रतिभा खानी हुन् । लेखक, निर्देशक, गायक, सङ्गीतकारको अलवा उनी कलाका थुप्रै विधामा पोख्त छन् । ‘उडायो सपना सबै हुरीले...’ यो गीत नसुन्ने सायदै नेपाली होलान् । यो पनि उनै मुरलीधरको शब्द सङ्गीतमा आएको हो ।धेरै चर्चित गीत दिएका मुरलीधर नेपाली फिल्म नगरी र बलिउडका शान पनि हुन् । थुप्रै नेपाली र बलिउड फिल्म अभिनय गरेका मुरलीधरका मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौँ कर्णप्रिय गीत रेकर्