सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइर