सिंहदरबारमा नयाँ मन्त्रीलाई बधाई दिन भारत र चीनका राजदूतको दौडधुप

दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन बनाउने १७ असारको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली गत आइतबार प्रधानमन्त्री बनेसँगै काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार प्रधानमन्त्री ओली र उनका मन्त्रिपरिषद्का मन्त्रीहरूले शपथग्रहण गरेलगत्तै काठमाडौंस्थित भारतीय र चिनियाँ राजदूतले भेटघाट बढाएका हुन् ।...