काठमाडौं । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। आज दिउँसो मुलुकका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]