माघ १ गतेदेखि एउटा बैंकको एटीएमबाट अर्को बैंकको रकम निकाल्दा अतिरिक्त रकम लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाहरूलाई एक निर्देशन जारी गर्दै माघ १ गतेदेखि मासिक २ वटा कारोबारसम्म मात्र निशुल्क गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकका अनुसार, अब महिनाको २ पटकभन्दा बढी अन्तरबैंक एटीएम प्रयोग भएमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म लाग्ने छ ।
राष्ट्र बैंकले भनेको छ, ‘२ वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने...