एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर । परिवारका सबै सदस्य अचानक काठमाडौतर्फ लाग्नुपर्ने बाध्यता आयो ।