मापदण्ड नपुगेका २५ खाद्य उद्योगमा शिलबन्दी

मापदण्ड विपरीत सञ्चालन भइरहेका २५ खाद्य उद्योगको उत्पादनमा रोक लगाइ उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा विभिन्न जिल्लामा रहेका २५ उद्योगले अनुज्ञापत्र नलिई मापदण्ड विपरीत सञ्चालनमा गरेको फेला परेपछि उत्पादनमा रोक लगाई शिलबन्दी गरेको हो । साउनदेखि असोज महिनासम्म मापदण्डविपरीत सञ्चालन भएका २५ खाद्य उद्योगको उत्पादनमा र […]

सम्बन्धित सामग्री

स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी

भद्रपुर : झापाको एक पाउरोटी उद्योगमा प्रशासनले शिलबन्दी गरेको छ। खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको हो।  जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधवार

स्याङ्जाका दुई उद्योगमा शिलबन्दी

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले वालिङ नगरपालिकाका क्षेत्रका उद्योगमा छड्के अनुगमन गरेको छ । छड्के टोलीले वालिङ नगरपालिका–८ स्थित खनाल प्रशोधित पिउने पानी उद्योग र बगाले वेकरी उद्योगलाई शिलबन्दी गरेको छ । यस्तै टोलीले सिद्धबाबा चाउमिन उद्योगलाई सचेत गराइएको छ ।