सांसद मेटमणि चौधरीले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए संविधान विपरित हुने बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि भएको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। एमसीसी देशको हित विपरित रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। देशको हित नगर्ने सम्झौता पारित भए संविधान विपरितको काम हुने भन्दै उहाँले यो कार्यमा नगर्न सबै सांसदसँग अनुरोध गर्नुभएको छ।