जसपा केन्द्रको प्रभाव लुम्बिनी प्रदेश सरकारमा न्यून, ‘संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै हुँदैन’

बुटवल : आइतवार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको दुवै पक्षले विश्वासको मत दिए। उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र महन्त ठाकुर दुवै पक्षले विश्वासको मत दिँदा लुम्बिनी प्रदेशमा रहेका ३ मन्त्रीले अब के गर्लान् भन्ने विषयले चर्चा पाउन थालेको छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी जनता समाजवादी पार्टीका सन्तोष…