कुनै पनि खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुनुपर्ने हो। तर, झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन्। आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ। मोरङ र झापा जिल्लाको सीमामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हुन सकेका छैनन्।…