चितवन – चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।
मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।
चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल...