वन्यजन्तु खेती खाइदिएपछि महोत्तरीका किसान हैरान

२८ माघ, महोत्तरी । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, […]

सम्बन्धित सामग्री

वन्यजन्तुबाट बाली जोगाउन तारजालीभित्र खेती

हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ