चैत २५, चितवन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ ।
रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा ल्याएको हो ।
इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका हुन् ।
जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास बताइन् । ‘जीपलाइनले इच्छाकामनाको पर्यटकीयस्थल लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, त्रिशूली नदी ¥याफ्टिङ सबै समेट्छ’ उनले भनन् ।
यहाँ आउने पर्यटक माथितिरका अन्य पर्यटकीयस्थलको भ्रमण गर्ने र माथिबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन गर्न जाने हुँदा जीपलाइन सञ्चालनले मद्यत गर्ने उनको नाइ थियो । साथै आर्थिक लाभका लागि पनि व्यावसायिक रूपमा जीपलाइनले मदत पुर्याउने उनले बताइन् ।
गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए । जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीको व्यवसायमा टेवा पुग्ने उनले बताए ।
रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने उक्त जीपलाइन विश्वकै नमूना भएको दावी गरे । उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन ३५ देखि ४० सेकेन्डमै पार गर्न सकिने छ ।
स्वदेशी पयर्टकका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उने बताए ।
जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीको अनुमान छ । रासस