'भगवान शिव, बुद्ध र माता सीताको देशका हामी आफ्नो संस्कृति किन भुल्दैछौं ?'

'नेपाल एउटा यस्तो पवित्र भूमि, जहाँ पशुपतिनाथ छ । जहाँ बुद्धको जन्म भयो । जुन देशमा सीता माता जन्मिनुभयो, त्यस्तो देशमा हामीले संस्कृति भुल्दैछौं । भौतिकवादमा रमाइरहेका छौं,' पूर्व सभासद एवं चर्चित उद्योगी विमल केडियाले यसो भनिरहँदा कार्यक्रमका सहभागी एकछिन सोचमग्न भए । महाशिवरात्रिको अवसरमा विशाल बजार व्यापार संघले बिहीवार विशाल बजारको प्रांगणमा आयोजना गरेको 'आध्यात्मिक उत्सव अभियान' नामक कार्यक्रममा बोल्दै थिए, केडिया । उनले थपे, 'भौतिकवादमा हाम्रो समाजको ध्यान गएको देखिएको छ । नेपाली धर्...