स्थानीयवासीकाे अवराेधकै बीच बञ्चरेडाँडामा १ सय ८८ वटा गाडीका फाेहर फ्याँकियाे

काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज बुधवार बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा एक सय ८८ वटा गाडीका फोहर फ्याँकिएको छ । केही दिनदेखि स्थानीयवासीले अवरोध गरेका कारण प्रहरी परिचालन गरेर काठमाण्डौ उपत्यकाको फोहर ल्यान्डफिल्ड साइटमा फ्याँक्दै आएकोमा आज पनि प्रहरीले अवरोध हटाउँदै फोहर बाेकेका गाडी बञ्चरेडाँडा पुर्‍याएकाे हो । आज बञ्चरेडाँडामा सशस्त्र प्रहरी पनि परिचालन भएको छ । फाेहर फ्याँक्ने क्रममा अवराेध गर्ने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट लगिएको जिल्ला प्रहरी परिस...