एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो ।  माइतिघर, पुरानो बानेश्वर, नयाँ...

सम्बन्धित सामग्री

विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

एमसीसीविरुद्ध बानेश्वरमा आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दलहरूदेखि अभियन्तासम्मले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। आज पनि आन्दोलनकारीले प्रहरीलाई ढुंगा हान्ने र जवाफमा प्रहरीले अश्रुग्यास हान्ने क्रम चलिरह्यो। आज आन्दोलनकरीको एउटा समूहले भने प्रहरीलाई मात्र नभइ पत्रकारलाई समेत निसाना बनाएर ढुंगा हानेका थिए। केही व्यक्तिले रिपोर्टिङमा खटिएका पत्रकारलाई हातपात गर्न खोजेका […]

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई […]

आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, फागुन ६ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका नेकपा, मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत ८ दलीय मोर्चाले आजपनि एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन्। आठ दलिय मोर्चाले बिहीबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन […]

नयाँ बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (फोटो फिचर)

४ फागुन, काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् […]

१८ राजनीतिक दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं, २६ माघ । आज अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । संसद्मा नरहेका १८ राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । बुधबार काठमाडौको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ ‘गो […]

नेपालगञ्जमा एमसीसीविरुद्ध प्रदर्शन

नेपालगञ्ज – नेपालगञ्जमा एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ। एमसीसीविरुद्ध संघर्ष समिति (राष्ट्रवादी) नेपालगञ्जको आयोजनामा धम्बोझीचोकमा प्रदर्शन गरिएको हो। राप्रपा, शिवसेनाका नेता तथा कार्यकर्ताले एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाएका थिए। केहीबेरको नाराबाजीपछि १५ मिनेट सडक अवरुद्ध गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही, वडा नं. ४ का अध्यक्ष सफिक बेहना, […]

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

पोखरामा एमसीसीविरुद्ध प्रदर्शन

पोखरामा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिद चोकमा संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसीसीको विरोधमा १ घण्टा शान्तिपूर्ण रुपमा धर्नासहितको प्रदर्शन भएको हो । संयुक्त देशभक्त मोर्चा सहित राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, सिटीजन जुरी, नागरिक समाज कास्की लगायतका संघसंस्थाको आयोजनामा भएको प्रदर्शनमा एमसिसी चाहिँदैन, पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन, हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं,म मरेपन