एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलन (मनी लान्ड्रिंग) मुद्दाको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ । ज्याकलिनलाई बुधबार दिल्लीको पटियाला अदालतले २६ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ । हालै प्रर्वतन निर्देशन (ईडी) ले ज्याकलिनलाई पनि यस मामिलामा आरोपी बनाएको थियो । यसैबीच, सेप्टेम्बर १२ मा दिल्ली प्रहरीले अभिनेत्रीसँग पनि सोधपुछ गर्नेछ । […]