काठमाडौं : साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ। बंगलादेशको ढाकामा भएको खेलमा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई तथा सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक(एक गोल गरेका थिए । पहिलो खेलमा बराबरी खेलेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका अंकविहीन छ