समानुपातिक सांसद पद बेचेका छैनौँ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् ।  अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरूले चयन नगरेको जिकिर समेत गरे ।तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए