अहिले विकास खर्च गर्न नसकेर सरकार समस्यामा छ । प्रदेश र स्थानीय तह पनि यसबाट अछूतो छैनन् । तर, त्यही समस्या अर्थात सरकारी योजना तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्ने र विकास निर्माणका काममा देखिएका बाधा–अड्चन फुकाउने सर्वोच्च संयन्त्रका ‘राष्ट्रिय विकास समस्या समाधान समिति’ (एनडेक) को बैठक एक वर्षदेखि बस्न सकेको छैन ।