मिथिला चित्रकला प्रदर्शनी

लोककलाकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न भएको छ । कोपनहेगनको नेपाली भान्छाको ग्यालेरीमा वैशाख २९ र ३० गते चित्रकला प्रदर्शनी भएको थियो । डेनमार्कका लागि नेपाली राजदूत प्राडा रामस्वार्थ रायले सो प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेको थियो ।