स्मार्ट च्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाण्डाै – स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यस सहकार्यबाट देशकाे डिजिटल इकाेसिस्टमकाे विकासमा थप याेगदान पुग्ने आशा लिइएकाे छ ।  यस सम्झौतापछि स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्...