बजेटरी सहायताको औचित्य

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व बैंकलाई बजेटरी सहायता वृद्धि गर्न आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँग उनले बजेटरी सहायता बढाउन माग गरेका हुन् । वास्तवमा यतिखेर नेपालका लागि बाह्य सहयोगको आवश्यकता छ । भौतिक पूर्वाधारलगायत विकास निर्माणमा जोड दिनुपर्ने बेला आन्तरिक स्रोतको अभाव हुन्छ । तर, जसरी नेपाललाई बाह्य निकायबाट सहयोग हुनुपर्ने हो, त्यसरी नै सहयोग भने भइरहेको देखिँदैन । नेपालले चाहेजस्तो सहयोग प्राप्त नहुनुमा कुनै एउटै कारण मात्र छैन । अस्थिर सरकार, अपरिपक्व कार्यशैलीलगायत समस्या रहँदै आएका छन् । ५ वर्षका लागि निर्वाचित सरकार पनि अवधि नपुगी फेरिने गरेका छन् । त्यस्तै नेपालको ऋण तिर्न सक्ने सामथ्र्य भए पनि त्यो रकम खर्च गर्न सक्ने सामथ्र्य नहुनु अर्को समस्या हो । खर्च नै गर्न नसक्ने सरकारले किन ऋण लिनु परेको हो ? बुझ्न कठिन छ । चालू आर्थिक वर्षकै कुरा गर्दा ६ महीना बितिसक्दा पनि पूँजीगत खर्च नाममात्रको छ । विगत ५ वर्षमा सरकारी ऋणको मात्रा निकै बढेको छ यद्यपि नेपालको ऋण क्षमताको दाँजोमा यसको परिमाण कमै छ । तैपनि सरकारले लिएको ऋण घुमाएर चालू खर्चका लागि प्रयोग हुने हो कि भन्ने आशंका छ । कुनै पनि देशको विकास निर्माणका लागि ऋण लिनैपर्छ । त्यस्तो ऋण आन्तरिक स्रोतबाट पनि उठाइन्छ र विकास साझेदार संस्थाहरूबाट पनि लिइन्छ । यस्तो ऋणबाट बन्ने परियोजनाहरू समयमै बने भने त्यसको प्रतिफल पनि समयमै प्राप्त हुन सक्छ । तर, परियोजनाहरूमा विलम्ब हुनेबित्तिकै त्यसको लागत पनि बढ्छ र प्रतिफल प्राप्त हुँदैन । ऋणको साँवा र ब्याज भने भुक्तानी गर्नैपर्छ । पछिल्लो समयमा भने नेपाल कर्जा लिनका लागि निकै उदार बनिरहेको छ तर पूँजीगत खर्च बढाउन भने सुस्त बन्दै गएको छ । विकास साझेदारहरूले परियोजनाहरूमा भइरहेका विलम्बबारे सरकारलाई ध्यानाकर्षण गराइरहेका हुन्छन् तर पनि सरकारले आफ्नो कार्यक्षमतामा सुधार ल्याउन सकेको छैन । त्यसैले ऋणमात्रै बढाउँदै जाँदा भोलिका दिनमा यही ऋण तिर्न नसक्दा मुलुकमा समस्या नआउला भन्न सकिँदैन । विगत ५ वर्षमा सरकारी ऋणको मात्रा निकै बढेको छ । यद्यपि नेपालको ऋण क्षमताको दाँजोमा यसको परिमाण कमै छ । तैपनि सरकारले लिएको ऋण घुमाएर चालू खर्चका लागि प्रयोग हुने हो कि भन्ने आशंका छ । प्रधानमन्त्री रोजगार कार्यक्रमजस्तो वितरणमुखी कार्यक्रमका लागि कर्जा लिइएको छ । त्यस्तै संघीयता सुदृढीकरणजस्ता शीर्षकमा पनि वैदेशिक ऋण सहायता लिएको देखिन्छ । यस्ता अनुत्पादक कार्यका लागि लिएको ऋण भोलिका दिनमा ठूलै बोझ बन्न सक्छ । हो, नेपालले लिएको ऋणको ब्याज पनि निकै कम छ । धेरैजसो ऋण शून्य दशमलव ७५ प्रतिशतमा लिएकाले श्रीलंकाजस्तो आर्थिक संकटमा फसिहाल्ने सम्भावना त देखिँदैन तर ऋणको सदुपयोग नहुने हो भने कालान्तरमा समस्या भएर नै छाड्छ । त्यसैले नेपालले उत्पादनमूलक क्षेत्रमा मात्रै कर्जा लिनु आवश्यक देखिन्छ । सहायता प्रदान गर्ने दातृ निकायले सरकारलाई मूलतः नगद, शोधभर्ना र सोझै भुक्तानी विधिबाट सहायता प्रदान गर्छन् । परियोजनाहरूमा सरकारले आफ्नो स्रोतबाट खर्च गर्छ र पछि दातृ निकायबाट शोधभर्ना लिन्छ । परियोजनाको वास्तविक खर्चका आधारमा शोधभर्ना लिने गरिएको छ । तर, परियोजनाका काममा ढिलाइ हुँदा शोधभर्ना लिन सकिँदैन । त्यसले गर्दा विदेशी विनिमय सञ्चितिमा समेत दबाब पर्छ । सरकारको खर्च गर्ने क्षमता नहुँदा यो समस्या आउने गरेको छ । विदेशी दातृ निकायका ऋण सहयोगबाट निर्माणाधीन परियोजनाहरूमा समस्या रहेको देखिन्छ । त्यसका बारेमा उनीहरूले चासो र चिन्ता व्यक्त गरेको पनि पाइन्छ । सरकारले ती समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिने गरेको छ । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ । नेपालको ऋण तिर्ने क्षमता कमजोर हुनेबित्तिकै दातृनिकायले अनेक शर्त तेस्र्याउन थाल्छन् र समस्या बल्झिन सक्छ । त्यसैले दिगो विकासमा सहयोग पुग्ने र मुलुकको क्षमताले दीर्घकालसम्म धान्न सक्ने उत्पादनमूलक तथा ठोस उपलब्धि देखिने क्षेत्रका लागि मात्रै बजेटरी सहायता बढाउनु आवश्यक हुन्छ ।

सम्बन्धित सामग्री

औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड

प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाइएको छ।

जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् । आइतबार काठमाडौंमा डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए […]

बसेन प्रदेशको औचित्य पुष्टिको जग

लुम्बिनी प्रदेशको अघिल्लो पाँच वर्षे कार्यकालको सरकारले प्रदेशको औचित्य पुष्टि गर्न सकेन। पटकपटक सरकारको नेतृत्व फेरिए। तर प्रदेशको औचित्य पुष्ट्याइँ गर्ने तागत भने कुनै नेतृत्वले पनि देखाउन सकेन।...

संघीयताको औचित्य सकियो– विप्लव

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य समाप्त भएको बताएका छन्। शुक्रबार गृहजिल्ला कपिलवस्तुमा आयोजित एक कार्यक्रममा विप्लवले संघीयताबारे खरो टिप्पणी गरेका हुन्। उनले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका हुन्। विप्लवले हाल अभ्यासमा आइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको औँल्याए। ‘मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

संघीयताको औचित्य रहेन : विप्लव

कपिलवस्तु २३ मंसिर। मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औंल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय […]

नेपालमा संघीयताको औचित्य रहेन: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संघीयताको औचित्य नरहेको बताएका छन् ।

धान दिवसको औचित्य

युवालाई आकर्षित गरेर व्यावसायिक रूपबाट कृषिलाई अगाडि नबढाएसम्म आयातमुखी अर्थव्यवस्थामा परिवर्तन हुने छैन। सरकारले जतिपटक धान दिवस मनाए पनि नेपालीको भान्सामा विदेशी वस्तु प्रयोग गर्नुपर्ने अवस्था आएपछि धान दिवसको औचित्य देखिने छैन।...

महाभियोगको औचित्य

यसअघि २०७४ वैशाख १७ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध राखिएको महाभियोग प्रस्तावको औचित्य पुष्टि गर्न अहिलेसम्म सम्भव भएको छैन। तर, पारित हुनै नसक्ने भए पनि अहिले प्रधानन्यायाधीश राणाविरुद्ध आएको महाभियोग प्रस्तावको भने अर्थ छ।...

‘संसदीय सुनुवाइ समितिको औचित्य छैन’

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन्। सिंहदरवारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताए। पूर्वकानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने […]

यही अवस्थामा संसदीय सुनुवाईको औचित्य छैन : देव गुरुङ

१४ माघ, काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको सुनुवाई समितिको बैठकमा बोल्दै गुरुङले हालसम्मको अनुभव हेर्दा समितिको औचित्य र अर्थ नरहेको बताएका हुन् । ‘अहिलेसम्मको हाम्रो अनुभव के हो त भन्दाखेरि यो सुनुवाई समिति रहनु र नरहनुको कुनै […]