कास्की - पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।
सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए । नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् (टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट)। पर्यटन सम्बद्ध सङ्घसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वा...