भीमघाट लघुजलविद्युत् आयोजना सुचारु

जिल्लाको बडिगाड गाउँपालिका–७ भीमगिठेमा रहेको भीमघाट प्रथम लघुजलविद्युत् परियोजना उत्पादन बढएर पुनः सुचारु गरिएको छ । गत वर्षको साउनमा भेलसँगैको पहिरोले क्षतिग्रस्त बनेको उक्त परियोजना १ करोड १५ हजार कुल लागतमा परियोजनाको पुनर्निर्माण गरिएको हो । परियोजनाको पुनः निर्माण कार्य सम्पन्न भएपछि अँध्यारोमा बस्न बाध्य बडिगाडका ५ सय ७५ घर परिवारले राहत महसुस गरेका छन् । परियोजना डेढ वर्ष यता बन्द अवस्थामा थियो । ४२ किलोवाट क्षमताको उक्त आयोजना २०७४ साउन २९ गते बडिगाडकै ठूलाचौरबाट आएको पहिरोले सम्पूर्ण संरचना ध्वस्त पारेको थियो । वै

सम्बन्धित सामग्री

जनश्रमदानबाट नहर र नोजल मर्मतपछि विद्युत् आपूर्ति सुचारु

सिमकोट – खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा १५ दिनदेखि अवरुद्ध विद्युत् आपर्ति सेवा सुचारु भएको छ। स्थानीयद्वारा पहिरोले क्षति पुर् ¥याएको राया खोला लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसको नोजलको मर्मतपछि विद्युत् आपूर्ति सेवा सुचारु भएको हो। राया गाउँका स्थानीय रामबहादुर बोहराले पहिरोले क्षति पुगेर अवरुद्ध भएको विद्युत् आपूर्ति सेवा सुचारु भएको बताए। वडाध्यक्ष […]

हुम्लामा ४४ दिनपछि विद्युत आपूर्ति सुचारु

अविरल वर्षाले अवरुद्ध बनेको हिल्दुम साना लघुजलविद्युत आयोजना ४४ दिनपछि बल्ल मर्मत भएको छ। बाढीले आयोजनाको पाइप बगाएपछि हिमाली जिल्ला हुम्ला डेढ महिनासम्म अँध्यारोमा बस्न बाध्य थियो। नेपाली सेना, नेपाल प्रहरी,...