पोखरा तालैतालको सहर पनि हो । पोखरा आसपासमा फेवा, वेगनास, रुपा, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरीसहित नौवटा ताल छन् । यी तालमध्ये बोटिङ गर्दै रमाइलो गर्न फेवा र वेगनास नै सर्वाधिक उपयुक्त मानिँदै आएको छ ।
१६ पुस, पोखरा । उत्तर फर्किंदा आँखैमा सेताम्य हिमाल ठोक्किन आइपुग्छन् । दक्षिणतर्फ वेगनास र रुपा तालको मोहनी रुपले लोभ्याउँछ । विगतको खरबारी रुपाकोट पुग्ने पर्यटक लठ्ठ पर्नु स्वाभाविकै हो ।
पहाडी थुम्काहरु, बस्ती बाक्लिँदै गएका फाँट । सूर्यको प्रकाशअनुसार रुप फेरिइरहने पोखरा र लेखनाथका शहर र थुम्काथुक्कामा बसेका बस्तीहरु ।
हरिया …