काठमाण्डाै - १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ।
खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।
नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो।
हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थ...
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायो।...
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ ।
जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्।
अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् ।
...
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।
मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।
त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ ।
नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मल...
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट...
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई नाै विकेटले हराएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो...
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले...