सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ । कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर म