काठमाण्डाै - राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।यो कार्यक्रम काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एक होटलमा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको ...