लुम्बिनी विकास बैंकद्वारा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

लुम्बिनी विकास बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो । सोमबार एक कार्यक्रमकाबीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अस्पताल विकास समिति