उद्योगमन्त्री रिजाललाई ११ बुँदे ज्ञापनपत्र

नेपालगञ्ज- नेपालगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। मन्त्री रिजाल बाँकेमा आएकाे अवसरमा बिहीबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर संघका नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामीले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य […]