अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि नेपाल आउनुभएको छ । उहाँलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो । नेपाली सेनाका अनुसार उहाँले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमण तालिकाअनुसार सगरमाथाको …