प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले तेस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । धर्नाका क्रममा मंगलबार युवा कानुन व्यावसायीहरूले सम्बोधन गर्दै कुनै पनि हालतमा जबराको राजीनामा बाहेक अन्य विकल्प नमान्ने उद्घोष गरेका छन् ।